विश्व हेड एण्ड नेक क्यान्सर सचेतना दिवसको कार्यक्रम

अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले पछिल्ला केही वर्ष यता हेड एण्ड नेक क्यान्सरका बिरामीको संख्या निकै बढेको भन्दै यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन बढ्नु नै रहेको बताए । उनले अस्पतालमा हेड एण्ड नेक क्यान्सरका सबै खालको उपचार सम्भव रहेको र त्यसको लागि उच्च प्रविधि तथा उत्कृष्ट विशेषज्ञ टिम रहेको समेत बताए ।