उपचारको लागि सहयोगी हातहरु’ बाट रक्त क्यान्सर विरामीलाई आर्थिक सहयोग

ललितपुर। क्यान्सरका विरामीहरुको उपचारको लागि होस्टेमा हैंसे गर्दै आएको सामाजिक संस्था ‘उपचारको लागि सहयोगी हातहरु’ ले रक्त क्यान्सरको उपचार गराईराखेका एकजना युवालाई २० हजार नगद सहयोग गरेर २०८० साललाई विदाई गरेको छ ।

सो संस्थाले एकवर्षको अवधिमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको साथै अन्य अस्पतालमा क्यान्सरको उपचार गराईराखेका विपन्न विरामीहरुलाई करीव ९ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको संस्थाकी अध्यक्ष स्वरुपा श्रेष्ठले बताउनु भयो ।

क्यान्सर निको भएका र अन्य समाजसेवीहरुबाट प्राप्त भएको रकमबाट पारदर्शीरुपमा विपन्न क्यान्सर विरामीहरुलाई सहयोग गरिरहेको र सहयोगको रकम जुट्दै गएमा भविष्यमा पनि यो क्रम निरन्तर जारी रहने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

क्यान्सर निको भएका र उपचारका क्रममा रहेका विरामीहरुको ४६ औं मासिक वैठकका अवसरमा सो रकम हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा क्यान्सर विजेताहरुले नाचगान गर्दै २०८० सालको विदाई तथा २०८१ सालको स्वागत गरेका थिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ सुदिप श्रेष्ठ, डा.मुरारीमान श्रेष्ठ, डा.गिसुपनिख प्रसिको,प्रमुख कार्यकारी निर्देशक कपिल गौतम, संस्थाका उपाध्यक्ष शशांक शर्मा लगायतले नयाँवर्षमा आफुहरुले गर्ने नयाँ कामको प्रतिवद्धता सार्वजनिक गरेका थिए ।