४८ औ क्यान्सर सर्भाइभर मिट सम्पन्न

उपचारकालागि सहयोगी  हातहरु, नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लि.र नेपाल क्यान्सर सहयोग समूह   संयुक्त आयोजनामा  ४८ औ क्यासन्सर सर्भाइभर मिट मिति २०८१ साउन १९ गते शनिबारका दिन सम्पन्न भयो ।  नेपाल क्यान्सर अस्पतालमा  कार्यरत सिनियर फिजियोथेरापिस्ट राजेन्द्र खत्रीद्वारा
क्यान्सर बिजेताहरुहरुलाई व्यायाम अभ्यास गराई क्यान्सर उपचारमा फिजियोको महत्व बारेमा जागरुकता  गराउनुभयो । 

       नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा बरिष्ठ मेडिकल अन्कोलोजिष्ट डा. सुदिप श्रेष्ठले "नेपालीको क्यान्सर उपचार नेपालमा नै "  सम्भव छ र कोही पनि  नेपाली आफ्नो देश छोडेर विदेशमा उपचार गराउन जानु पर्दैन भन्ने बिचार ब्यक्त गर्दै  नेपाल क्यान्सर अस्पतालले एउटै छानामुनी सम्पुर्ण क्यान्सरको उपचार गराउँदै आइरहेको छ र गरिरहने छ भनी जानकारी गराउनुभयो ।

          नेपाल क्यान्सरअस्पतालकी डाइरेक्टर, नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष र उपचारका लागि सहयोगि हातहरुकी अध्यक्ष श्रीमती स्वरुपा श्रेष्ठद्वारा ४८ औं क्यासन्सर सरभाइभर मिटको आयोजना गरिएको हो । यस अवसरमा उहाँले सबै क्यान्सर बिजेताहरुलाई  समय समयमा विभिन्न कार्यक्रमहरु गरी सबैलाई खुलेर क्यान्सरसंग लड्नु पर्छ, क्यान्सर  निको हुन्छ र क्यान्सर पछि पनि जिवन छ भनि अघि बढ्न प्रेरणा दिनुभयो। क्यान्सर बिजेताहरुहरुले  नेपालमा अझै पनि  क्यान्सर रोगलाई लुकाउने प्रबृती रहेको र यस प्रबृतीलाई  हटाई खुलेर क्यान्सर बिरुद्द उत्रिन र क्यान्सरलाई सामना गर्न सधै उत्प्रेरित गर्नु भएकोमा श्रीमती स्वरुपा श्रेष्ठलाई  धन्यवाद ज्ञापन  एबम उहाँप्रति आभार प्रकट गरेका थिए।