लायन्स क्लब अफ काठमाण्डौ जिल्ला शाखाले, उपचारकालागि सहयोगी हातहरु संस्था मार्फत क्यान्सर पिडित बच्चाहरु लाई सहयोग प्रदान

उपचारका लागि सहयोगी हातहरु  संस्था सामाजिक हितको लागी स्थापित  मुनाफा रहित जनहितकारी गैह् सरकारी संस्था हो । यसले गरीब निमुखा र आर्थिक रुपले बिपन्न ब्यक्तिहरुलाई उपचारको निम्ति सहयोग गर्दैआइरहेको छ। 


   
 यसै क्रममा लायन्स क्लब अफ काठमाण्डौ जिल्ला शाखाले "उपचारकालागि सहयोगी हातहरु" संस्था मार्फत क्यान्सर पिडित बच्चाहरु शंकर नेपाली र रोनिसा कटुवाल लाई प्रतिव्यक्ति र २०,०००/- (अक्षरेपी रु बीस हजार )  उपचार सहयोग प्रदान गरेको छ।  लायन्स क्लब  काठमाण्डौ जिल्ला शाखामा अध्यक्ष श्री अनिला श्रेष्ठ, उपाध्यक्ष रामजी ज्ञवाली , अर्का उपाध्यक्ष निर्मदा दाहाल र सचिब ज्ञानेन्द्र श्रेष्ठ हुनुहुन्छ।