क्यान्सर सचेतना लागि चैत २३ गते तेस्रो र्‍याम्प सो हुँदै, सारथी हुन् श्रीमती स्वरुपा श्रेष्ठ

 दर्शकका बीच ति साहसी, जसले क्यान्सर विजेताका रूपमा अगामी विहीबार (चैत २३) यस्तो प्रेरणा दिनेछन् । जसले क्यान्सरलाई सजहै जित्न सकिन्छ भन्ने मनोबल आम मानिसलाई प्राप्त हुनेछ । क्यान्सर लाग्नु नै मृत्य हो भने परम्पराबादी सोचलाई विस्थापित गर्नेछ र कुनैपनि प्रकारको क्यान्सरको समयमै उपचार भए क्यान्सरपछि पनि सामान्य जीवनयापन गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गर्नेछ । क्यान्सरप्रतिको भय हटाउनेछ, अन्धविश्वास मेटाउनेछ र क्यान्सर मृत्यु होइन मात्र रोग हो, यसको उपचार नेपालमै सम्भव छ भने यथार्त झल्काउने छ ।

अगामी २३ गते क्यान्सरलाई जितेकाहरूले आफूलाई र्‍याम्प शो मार्फत आफूलाई प्रस्फुटन गर्दै छन् । के बालक, के बयस्क, के बृद्धि, आखिर क्यान्सर जसलाई पनि त हुन सक्छ । तर क्यान्सर भएपनि उपचारपछि सफल जीवन बाँच्न पनि रोकिदैन नि । यही यर्थातलाई सार्थक रूपमा चित्रण गर्नेछ चैत २३ गते ललितपुरको कुपण्डोल स्थित होटल हिमालयको हलमा हुने क्यान्सर विजेताहरूको र्‍याम्प शोले ।

 

क्यान्सर लागेपनि समयमै उपचार, आत्मविश्वास र दृढ मनोबल बनाएर क्यान्सरलाई पराजित गरेका ३ बर्षदेखि ८५ बर्ष सम्मका मानिसले र्‍याम्प शो मार्फत आफ्नो खुसी साट्ने छन् । नेपाल क्यान्सर सपोर्ट गु्रपको आयोजना र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा तेस्रो राष्ट्रिय र्‍याम्प शो हुन लागेको हो ।

नेपाल क्यान्सर हस्पिटलकी सहसंस्थापक, क्यान्सर सपोर्ट गु्रपकी उपाध्यक्ष तथा उपचारका लागि सहयोगी हातकी अध्यक्ष रहनु भएकी स्वरूपा श्रेष्ठको संयोजनमा हुन लागेको यो कार्यक्रम स्वास्थ्य क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूको सहभागीता रहनेछ । साँझ ५ बजेबाट शुरू हुने  र्‍याम्प शो बेलुका ८ बजे सम्मापन हुनेछ । कार्यक्रमको उदेश्य क्यान्सर पनि अरू सामान्य रोग जस्तै, उपचार गरे निको हुने रोग हो र क्यान्सर लाग्दैमा महँगो पैसा खर्चिएर विदेश भौतारिनु पर्दैन, नेपालमै सबै किसिमका क्यान्सर रोगको उपचार नेपाल सम्भव छ भन्ने सन्देश दिनु हो ।